Categories समाचार

पत्रकार स्व. नरेश सर्राफकाे पहिलाे स्मृति सभा सम्पन्न

वीरगंज । वीरगंजका क्रियाशिल पत्रकार स्वर्गिय नरेश सर्राफकाे प्रथम स्मृति सभा आज वीरगंजमा सम्पन्न भएकाे छ । स्वर्गिय सर्राफकाे पहिलाे वार्षिकीमा समाजवादी प्रेस संगठन पर्सा, रेडियाे वीरगंज र राष्ट्रिय सहारा दैनिकले संयुक्त रुपमा आयाेजना गरेकाे स्मृति सभा सम्पन्न भएकाे हाे ।

रेडियाे वीरगंज परिसरमा भएकाे स्मृति सभालाई सम्बाेधन गर्दै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले स्वर्गिय नरेश सर्राफकाे नाम जिवन्त राख्न महानगरपालिकाले सहयाेग गर्न सधै तयार रहेकाे बताए ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर सिंहले बर्षमा एक दिन मात्र नभई दुई/तीन पटक भएपनि विभिन्न कार्यक्रमकाे आयाेजना गरि स्वर्गिय सर्राफकाे नाम जिवन्त राख्न र उहाँले पुर्याएकाे याेगदानकाे चर्चा गर्नु पर्ने बताए ।

Advertisement

राष्ट्रिय सहारा दैनिकका प्रकाशक चन्द्रभुषण साहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेकपा एमाले पर्साका संयाेजक डा.विश्वम्भर कुमार शर्मा, समाजवादी प्रेस संगठन नेपालका महासचिव राम कुमार एलन, जसपा पर्साका सचिव तबरेज अहमद, नेकपा एकीकृत समाजवादीका वीरगंज महानगर अध्यक्ष मनाेज चाैधरी, जनमत पार्टीका पर्सा जिल्ला सह इन्चार्ज मुकेश द्विवेदी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, समाजवादी प्रेस संगठनका केन्द्रिय सचिव बृजलाल पासवान, रेडियाे वीरगंजका समाचार प्रमुख ध्रुव अधिकारी, प्रेस सेन्टरका पर्सा अध्यक्ष दिपक गाैतम, प्रेस चाैतारी पर्साकी उपाध्यक्ष कविता खड्का, प्रेस युनियन पर्साका पूर्व सभापति रामनारायण कुर्मी लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन पत्रकार शम्भु कुमार सुमनले गरेका थिए ।

नेपाल पत्रकार महासंघ पर्सा र समाजवादी प्रेस संगठन पर्साका कार्य समिति सदस्य समेत रहेका पत्रकार सर्राफकाे २०७९ मंसिर १५ गते अल्पायु मै हृदयघातबाट निधन भएकाे थियाे । स्वर्गिय सर्राफकाे श्रीमती र एक छाेरी छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *