Categories समाचार

जनकपुर–जयनगर रेल सेवा १३ करोडको घाटामा

Advertisement

वीरगञ्ज । झन्डै २० महिनादेखि सञ्चालनमा रहेको भंगहा–जनकपुर–जयनगर रेल सेवा घाटामा रहेको पाइएको छ । एक अर्ब भन्दा बढीको लागतमा २० महिना पहिला सञ्चालनमा आएको रेल सेवाको १३ करोड घाटामा रहेको पाइएको हो ।

रेलमा १७ जना भारतीय जनशक्ति छ । उनीहरूको तलब भत्ता, सरसफाइ र मर्मत सम्भारको नाममा नेपाल रेल्वे कम्पनीले भारतीय कोकन कम्पनीलाई मासिक ७० लाख भारतीय रुपैयाँ बुझाउँदै आएको छ । जबकि प्रबन्ध सञ्चालकसहित १०३ जना नेपाली कर्मचारीको मासिक तलब १७ लाख मात्र रहेको रेल्वे कम्पनीले जनाएको छ । कम्पनीका अनुसार रेल्वेको मासिक आम्दानी ७५ लाख छ । तर खर्च भने मासिक १ करोड २९ लाख भन्दा बढी छ ।

Advertisement

रेल्वे कम्पनीले मासिक ज्यालादारीमा कर्मचारीको भर्ना प्रक्रिया नगरेको भने होइन । १२९ जना कर्मचारीको मागसहित गरेको विज्ञापन प्रक्रिया नपुगेको भन्दै लोकसेवा आयोगले रोक लगाएपछि रेल्वेले अर्को प्रयास भने थालेको छैन ।

Advertisement

एक साता भित्रै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल्वेको लागि चाहिने कर्मचारीहरू सङ्गठन संरचना र दरबन्दी पास गर्ने र कर्मचारी भर्ना प्रक्रिया अघि बढाइने रेल्वे कम्पनीका प्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

‘यो एक साता भित्रै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल्वेको लागि चाहिने कर्मचारीहरू सङ्गठन संरचना र दरबन्दी पास गर्ने छ । र कर्मचारीको भर्ना प्रक्रिया अगाडी बढ्ने छ । लोकसेवा आयोगले यसको परीक्षा लिने छ,’ प्रबन्धक झाले भने ।

नेपाल रेल्वे कम्पनीले कुनै पनि हालतमा यात्रु ढुवानी गरेर नाफा आर्जन गर्न सक्ने देखिँदैन । सञ्चालनको भएको २० महिना भए पनि डेमो रेलले १३ करोड बढी घाटामा जानु नै यसको प्रमाण हो । यस्तो गम्भीर समस्या हुँदाहुँदै पनि रेल्वे कम्पनीले अहिलेसम्म मालवाहक रेल सञ्चालनमा ल्याउन सकेको छैन ।

‘लविंग गरेर कार्गो रेल चलाउने कुराहरू छ । रेल्वेलाई भन्सार बनाउन सकिन्छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस तर्फ ध्यान दिए अवश्य सुरु हुन्छ,’ जनकपुर उद्योग व्यवसायी सङ्घका अध्यक्ष जितेन्द्र महासेठले बताए ।

कार्गो रेल सेवा सञ्चालनमा ल्याउन सके मधेस प्रदेश लगायतका उद्योगी व्यवसायीहरू भरतबाट सिधै कच्चा पदार्थ कोइला, खाद्यान्न लगायतका सामानहरू ढुवानीमा धेरै नै कम खर्च पर्न जान्छ । कार्गो सेवा सञ्चालनका लागि भारतीय दूतावास १०–१० वटा बोगीसहितको दुई सेट रेल दिन तयार रहे पनि नेपाल सरकारले नै कुनै चासो नदेखाएको श्रोतको दाबी छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *