Categories एजेन्सी

यो वर्ष विश्व बजारमा कच्चा तेलको भाउ झन्डै ११ प्रतिशतले घट्यो

Advertisement

वीरगन्ज । यो वर्ष विश्व बजारमा कच्चा तेलको भाउ दोहोरो अंकले घटेको छ । यो वर्षको अहिलेसम्मको अवधिमा तेलको भाउ झन्डै ११ प्रतिशतले घटेको हो । पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठन (ओपेक) बाहिरबाट कीर्तिमानी स्तरमा तेल उत्पादन भएपछि बजारमा चाहिने भन्दा धेरै आपूर्तिको समस्या देखिने चिन्ताले बजार बियरिस बनेको समाचारमा उल्लेख छ । 

शुक्रबार अर्थात् यो वर्षको अन्तिम दिनको कारोबार न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा फेब्रुअरी डेलिभरीको वेस्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ शून्य दशमलव १७ प्रतिशतले घटेर प्रतिब्यारेल ७१ डलर ६५ सेन्टमा आएको थियो । लन्डनस्थित आईसीई एक्सचेन्जको कोमेक्स डिभिजनमा मार्च डेलिभरीको ब्रेन्ट क्रुडको भाउ पनि शून्य दशमलव १४ प्रतिशतले घटेर ७७ डलर शून्य ४ सेन्टमा ओर्लियो ।  यो वर्ष यूएस क्रुडको भाउ सन् २०२० यता पहिलो पटक घटेको छ ।

Advertisement

गाजामा विध्वंसकारी युद्धका कारण मध्य पूर्वमा तनाव जारी रहँदा भूराजनीतिक जोखिम चुलिएको छ । यस्तोमा पनि तेलको भाउ भने सन् २०२३ मा घट्यो । यो वर्षको शुक्रबारसम्मको अवधिमा डब्ल्यूटीआईको भाउ १० दशमलव ७३ प्रतिशतले घटेको छ । ब्रेन्टको भाउमा पनि १० दशमलव ३२ प्रतिशतको कमी देखिएको छ । लाल सागरबाट सामान ढुवानी गर्ने जहाजहरूमा आक्रमणपछि विश्वको व्यापार अनि कच्चा तेलको आपूर्तिमा अवरोध उत्पन्न हुने चिन्तामा मंगलबार भने कच्चा तेलको भाउ झन्डै ३ प्रतिशतले बढे । मध्य पूर्वमा युद्ध भड्किने आशंकाले पनि तेलको भाउमा केही वृद्धि गराएको थियो ।

Advertisement

अहिले अमेरिकाले कीर्तिमानी स्तरमा कच्चा तेल उत्पादन गरिरहेको छ । गएको हप्ता मात्रै त्यहाँ दैनिक १ करोड ३३ लाख ब्यारेल तेल उत्पादन भएको अनुमान छ । ब्राजिल र गुयानामा पनि उत्पादन यस अघि कहिले नदेखिएको स्तरमा उक्लिएको छ । ओपेक बाहिर ऐतिहासिक स्तरमा कच्चा तेलको उत्पादन भइरहेको बेलामा विश्वका अधिकांश मुख्य अर्थतन्त्र सुस्ताइरहेका छन् । –एजेन्सी

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *