Categories प्रदेश २ समाचार

पर्साको सिडिओ कार्यालयमा राष्ट्रिय सतर्कता केन्द्रको छड्के अनुगमन

Advertisement

वीरगन्ज, राष्ट्रिय सतर्कता केन्द्रले वीरगन्जस्थित जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार छड्के अनुगमन गरेको छ । काठमाण्डौंबाट केन्द्रका अनुसन्धान अधिकृतको नेतृत्वमा मंगलबार वीरगन्ज आइपुगेको टोलीले जिल्ला प्रशासनय कार्यालय पर्सामा छड्के अनुगमन गरेको हो ।

Advertisement

केन्द्रको टोलीले कार्यालयमा आएर आँफुसंग भेटेपछि कार्यालयका विभिन्न शाखामा पुगेर सेवा प्रवाह बारे सम्बन्धित शाखाका कर्मचारीसंग जानकारी लिएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले जानकारी दिए ।केन्द्रको टोलीले पर्सामा रहेका सबै सरकारी कार्यालयहरुपमा पुगेर छड्के अनुगमन गर्ने भुषालले जानकारी दिए ।

Advertisement

पर्सामा रहेका सरकारी कार्यालयहरुको सेवा प्रवाहमा भइरहेको ढिलासूती, अनियमितता, कर्मचारीहरुको हाजिरी लगायतका विषयमा छानबिन गर्न केन्द्रको टोली पर्सामा आएको बताइएको छ ।साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *