Categories समाचार

बिरियानी पकाउने ५ थान भाडासहितको चोरी पैठारीका मालबस्तुहरू बरामद

वीरगन्ज । पर्सा प्रहरीले भन्सार छली चोरी पैठारी गरी ल्याएको करिब दस लाख रुपैयाँ बराबरको लत्ताकपडा तथा भाडाकुडाहरु बरामद गरेको छ ।

बुधबार दिनको अन्दाजी १ बजे वीरगन्ज महानगरपालिका वडा नम्बर १६ ईदगाह चोकबाट सो समानहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको लेडिज कपडा तथा बिरियानी पकाउने भाडा लगायतका मालबस्तुहरू ल्याउनेहरु प्रहरी टोलीलाई देख्नासाथ फरार भएको प्रहरीको भनाइ रहेको छ ।

Advertisement

बरामद गरिएका समानहरुमा लेडिज कुर्ता सुरवाल-९ सय ४८ पिस, बिरियानी पकाउने भाडा- ५ थान, ठुलो भठ्ठी- २ पिस, छनौटा- २ थान, सानो बाटी-२ थान रहेको छ ।

वेवारिसे अवस्थामा बरामद गरि आवश्यक कारवाहीको लागि बिहीबार वीरगन्ज भन्सार कार्यालय पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *