Categories समाचार

वीरगन्जवासीले उजुरी दिए पनि जीवी राई किन पक्राउ परेनन् ? : सांसद यादव

काठमाडौँ । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सहकारी ठगी प्रकरणमा संलग्न व्यक्ति जीवी राई लगायतलाई पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रवार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद यादवले जीवी राईको संलग्नता रहेको वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३५ करोड रुपैयाँ बचत लिएर भागेको बताए ।

Advertisement

उनले वीरगन्जवासीले प्रहरीमा उजुरी दिए पनि हालसम्म छानबिन अगाडी नबढेको बताए  । उनले राईले विना धितो वीरगन्ज बाहिरका ७५ जनालाई ९४ करोड रुपैयाँ दिएको पनि बताए । उनले हालसम्म प्रहरीले राई लगायतलाई किन पक्राउ गरिएन भनेर प्रश्न समेत गरे ।

Advertisement

उनले राई लगायत सहकारी संस्थामा संलग्न सबैलाई कारबाही गर्नुपर्ने बताए । साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *