Categories समाचार

वी केयर बिधालयको ४ औं वार्षिकोत्सब भव्य रुपमा सम्पन्न

वीरगन्ज । वी केयर बिधालयले आफ्नो ४ औं वार्षिकोत्सब सांस्कृतिक कार्यक्रमको आयोजना गरि मनाएको छ । शुक्रबार वीरगन्जको जैन भवन आदर्शनगरमा एक कार्यक्रम गरि बिधालयले आफ्नो वार्षिकोत्सब भव्य रुपले मनाएको हो ।

पैसाको अभावमा पढाइबाट बन्चित बालबालिकालाई निशुल्क शिक्षा प्रदान गर्ने अभिप्रायले १० वर्ष पहिला खोलिएको वी केयर बिधालयले सुरुको दुई वर्ष त्यस्ता अभिभावकलाई शिक्षाको महत्त्व तथा बालबालिकाहरुलाई पढाइ बारे रुचि बढाउने कार्य गर्यो । बाकीका पछिल्लो वर्षहरुमा एक वर्ष खेलकुद र आर्को वर्ष वार्षिकोत्सब मनाउँदै आइरहेको छ ।

Advertisement

वीरगन्जबासीको साथ र सहयोगले चल्दै आएको यस बिधालयमा सरकारको लगानी शुन्य रहेको समाजसेवी नुतन सरावगी बताउनु हुन्छ ।

Advertisement

बिधालयकि अध्यक्ष बेला अग्रवालको संयोजकत्वमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथि रुगंटा वेलफेयर सोसाइटीका अध्यक्ष मुर्लीधर रुगंटा रहनुभएको थियो भने विशिष्ट अतिथि अरबिन्द आमात्य रहनुभएको थियो ।

बिधालयमा अध्यनरत बालबालिकाहरुले विभिन्न प्रस्तुति दिनुका साथै धर्म संस्कृतिको वर्णन गरेका थिए । समाजका लागि जातपात रोग रहेकोले अन्त गर्न सबैले मिलेर लाग्नुपर्ने आफ्नो प्रस्तुति मार्फत बताएका थिए ।

सो अवसरमा राजु श्रेष्ठ, शिव गुप्ता, अनोज रुगंटा, संजय अग्रवाल, संतोष टेमानीफ देवकी चाचान, देवेश गुप्ता, राकेश मिश्रा, बिधालय सदस्य नुतन सरावगी, नितु काबरा, सिमा केरनानी, प्रतिमा मसकारा, रितु असवानी, ममता शर्मा, नेहा टिबरेवाल, अनिशकान्त कुशवाहा, पिया सिंह लगायतको उपस्थिति रहेको थियो ।

अहिले सो बिधालयमा ३६ जना बालबालिका अध्यनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *