Rato Pana
समाचार

एक ट्रक प्याज र ३२ थान मोबाइल बरामद

वीरगन्ज । धनुषामा सशस्त्र प्रहरीले एक ट्रक प्याज र ३२ थान मोबाइल बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १ सय ५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा लिएको हो । शहिदनगर नगरपालिका-२ तीनकोरिया वीरेन्द्रबजारबाट ना८ख ६३०० नम्बरको ट्रकसहित प्याज नियन्त्रणमा लिइएको सशस्त्रले जनाएको छ ।

कागजपत्र शंकास्पद देखिएपछि प्याजसहित ट्रक नियन्त्रणमा लिइएको हो । प्याजको ३ लाख २७ हजार र ट्रकको २२ लाख मूल्यांकन गरी आवश्यकक कारबाहिको लागि जनकपुर भन्सार कार्यालय पठाइएको छ ।

यस्तै सोही गण मातहत बिओपी फुलगामाले बुधबार दिउँसो मुसहरनिया गाउँपालिका-६ स्थित मरघटियाबाट भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३२ थान मोबाइल बरामद गरेको हो ।

मोटरसाइकलमा ल्याउँदै गरेको मोबाइलको मूल्य ५ लाख ३५ हजार र मोटरसाइकलको १ लाख मूल्य कायम गरी कारबाहिको लागि भन्सार कार्यालयमा बुझाइएको छ ।

सम्वन्धित समाचार

Leave a Comment