Categories समाचार

१३ वर्षीय बालिकालाई तमिलनाडु र दिल्ली घुमाएपछि नेपाल ल्याउन खोज्दा तीनजना पक्राउ

वीरगञ्ज । एन्टी ह्युमन ट्राफीकीङ् युनिट (एएचटीयू) एसएसबीले नेपाल भारतको सीमामा रहेको मितेरी पुलबाट १३ वर्षीय बालिकालाई उद्धार गरेको छ । बालिकालाई प्रलोभनमा पारेर अपहरण गरेका तिन जनालाई नियन्त्रणमा समेत लिएको छ ।

मानव बेचबिखन नियन्त्रण इकाई क्षेत्र मुख्यालय बेतिया कार्यालय ४७ औँ कोर सशस्त्र सीमा बाल रक्सौलले बालिकालाई उद्धार गर्नुको साथै भारत विहार वैशालीका राजीव रोशन, राकेश रोशन र दिलीप कुमारलाई पक्राउ गरेको हो ।

Advertisement

तीनै जनाले भारतको तमिलनाडुबाट एक नाबालिग भारतीय युवतीलाई नेपाल लैजाने गरेको सूचनाको आधारमा इन्स्पेक्टर मनोज कुमार शर्माको नेतृत्वमा खटेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो ।

Advertisement

इन्स्पेक्टर शर्माका अनुसार टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ तीन जना र एक नाबालिग बालिका हिँडेको देखेपछि उनीहरूलाई तत्काल रोकेर सोधपुछ गरिएको थियो ।

सोधपुछ र परामर्शका क्रममा १३ वर्षीय बालिकालाई बिहारको वैशाली जिल्लाको इलाकाबाट प्रलोभनमा पारेर लगिएको खुलासा भएको थियो । पक्राउ परेकाहरूले सुरुमा युवतीलाई विवाहको बहानामा तमिलनाडु लागेका थिए र त्यसपछि युवतीलाई दिल्ली लगेको बुझिएको छ । त्यसपछि किशोरीलाई नेपाल लैजाने क्रममा उनीहरू पक्राउ परेका हुन् ।

१३ वर्षीय बालिकालाई तमिलनाडु, दिल्ली र त्यसपछि नेपाल लग्न खोजिएको बारे थप अनुसन्धान भइरहेको इन्स्पेक्टर शर्माले बताए । उनले भने “युवतीको परिवारलाई फोनमा सम्पर्क गर्दा यसबारेमा कुनै जानकारी थिएन । बालिकाका अभिभावकले छोरीलाई नेपाल जान नदिन आग्रह गरेका छन् ।”

इन्स्पेक्टर शर्मा नेतृत्वको टोलीमा इन्स्पेक्टर शिवनाथ मिश्र (विद्रोही बलिया निवासी), हवलदार अरविन्द द्विवेदी, हवलदार पम्मी मिश्र, हवलदार अन्नामनी, हवलदार ओमप्रकाश जाट, प्रयास किशोरका अभिषेक लगायतका खटिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *