Categories समाचार

रोकिएको टिप्परमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु

Advertisement

जनकपुरधाम । मोटरसाइकल दुर्घटनामा परेर धनुषामा एकजनाको मृत्यु भएको छ। मंगलबार राति करिब २ बजेको समयमा मिथिला नगरपालिका २ नकटाझिजस्थित ढल्केबर–जनकपुरधाम सडकखण्डमा बिग्रिएर रोकिराखेको टिप्परमा मोटरसाइकल ठोक्किएको हो।

जनकपुरधामबाट ढल्केबरतर्फ जाँदै गरेको प्रदेश २-०१-००१ क ०१६० नम्बरको मोटरसाइकल बिग्रिएर रोकिएको मधेश प्रदेश ०१–००४ प ७५०० नम्बरको टिप्परमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले दुर्घटनामा मृत्यु भएका पुरुषको सनाखत हुन सकेको छैन।

Advertisement

दुर्घटनामा गम्भीर घाइते भएको मोटरसाइकल चालकलाई प्रादेशिक अस्पताल, जनकपुर ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *