Categories समाचार

आगलागी पीडितलाई राहत

Advertisement

वीरगन्ज l पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ जमुनिया टोलमा सोमबार मध्यरातमा आगलागी हुदाँ दुई वटा घरगोठ जलेर नष्ट भएको छ ।

आगलागीबाट स्थानीय रौफ मियाँ धुनिया र मनिफ मियाँको घरगोठ जलेर नष्ट भएको हो ।रौफ मियाँ धुनियाको घरमा राति लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किएर आगलागी हुदाँ छिमेकका मनिफकोपनि घर जलेर नष्ट भएको हो ।

Advertisement

आगलागीबाट जलेर मनिफको ९ वटा खसीबाख्रा, एउटा मोटरसाइकल तथा रौफको भैंसी २ वटा , बाख्रा २ वटा, खसी २ वटा ,नगद १० हजार रुपैयाँ, मोबाईल २ थान, साइकल २ थानका साथै लत्ताकपडा , भाडावर्तन सबै जलेर नस्ट भएको वडाध्यक्ष चिरञ्जीवी महतो थारुले जनकारी दिए ।

Advertisement

समाजसेवी प्रकाश थारुको पहलमा आगलाागी पिडित दुवै परिवारलाई मंगलबार वडाध्यक्ष थारुले चामल, दाल, तेल,नुन लगायतका खाद्यान्न सहयोग गरेको छन भने बिरगंज कपड़ा बैंक बाट लता कपड़ा,मैट,कंबल र नगद सहयोग गरिएको कन्हैया पटेलले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *