Categories समाचार

नेकपा एमाले पर्साको अधिवेशनमा कुटाकुट

वीरगन्ज । नेकपा एमाले पर्साको ९ औं जिल्ला अधिवेशनको क्रममा आज पाँचौ दिन वीरगन्जको अनमोल पार्टी प्यालेसमा निर्वाचनको विषयलाई लिएर दुई पक्ष वीच कुटाकुट भएको छ ।

एक पक्षले निर्वाचनमा त्रुटि भएको भन्दै निर्वाचन अवरोध गर्न खोजेको थियो भने अर्को पक्षले निर्वाचन हुनु पर्ने माग गर्दै होहल्ला गरेको थियो।

Advertisement

निर्वाचन परियोजनका सामग्रीहरु टोडफोड गर्न खोज्दा अर्को पक्षले रोकेको र दुबै पक्ष वीच झडप भएको थियो ।

Advertisement

संस्थापन पक्षका मनोज गुप्तासहितको टोलीले इतरसंस्थापन पक्षमाथि हमला गर्न थालेपछि वीरगन्ज- २० का वडाअध्यक्ष रामकिसोर सिंह( पराग)  घाइते भएको उनको आरोप छ । उनका अनुसार घाइते सिंहको नाकमा चोटपकट लागेको, जसकारण नाक फुटेको छ । घाइते सिंहको बीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ ।

तीन पदाधीकारीसहित २७ पदमा निर्वाचन बाँकी छ । अध्यक्ष पदमा सर्वसहमत भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *