Categories समाचार

ग्रिन सिटीको पहलमा व्यवसायिक खेती गर्न पाँच हजार बिरुवा रोपियो

वीरगन्ज । युवाहरुलाई उद्यमी बनाउन ग्रिन सिटी सामुदायिक केन्द्रको पहलमा ५ हजार बिरुवा रोपिएको छ ।

नेपालमा आर्थिक मन्दीले युवाहरु बेरोजगार र निरुत्साहित हुदै जानुका साथै बाध्य भएर अन्तिम विकल्पको रुपमा वैदेशिक रोजगार छान्नु पर्ने अवस्था हेर्दै आएकोमा आफ्नै माटोमा केही गर्न सकुन् भन्ने उदेश्यका आज आज ५ हजार बिरुवा रोपिएको अध्यक्ष जयप्रकाश खेतानले बताउनुभयो ।

Advertisement

वीरगन्ज महानगरको इनरुवा गाउँका ओसीयर राउत कुर्मीका छोरा रमेश पटेलले आज एक कार्यक्रमका बिच फल र फूलको व्यवसायिक खेती अन्तर्गत दोस्रो चरणमा व्यावसायिक रूपमा बिरुवारोपन गर्नुभएको छ।

Advertisement

वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, भारतीय वाणिज्य दूतावासका कन्सुलेट जनरल डि.एस. मीणा, सशस्त्र प्रहरीका नायब उपरीक्षक सुरज रिजाल , श्री जङ्ग गण पर्साका जमदार भीमसेन राणाको उपस्थिति रहेको अध्यक्ष खेतानले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *