Categories अपराध प्रदेश २ समाचार

मदिरा सेवन गरेर आफ्नै घरमा आगो लगाउने सिंह पक्राउ

Advertisement

Advertisement

रौतहट । अत्यधिक मदिरा सेवन गरी मातिएर आफ्नै घरमा आगो लगाउने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ। स्थानीय राजदेवी नगरपालिका ९-ब्रहम्पुरी टोलका  ४५ वर्षीय नितेश सिंहलाई  पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् । 

Advertisement

मादक पदार्थ सेवन गरी आफ्नै टाटीको बेरा र फुसको छानो भएको घरमा आगो लगाएकोमा  स्थानीय र प्रहरी टोलीले तत्कालै आगो निभाएको थियो । 

Advertisement

आगो तत्काल नियन्त्रणमा नआएको भए वरपरका अन्य घर समेत जलेर ठुलो जनधनको क्षति हुन सक्ने प्रबल सम्भावना देखा परेको हुँदा आगो लगाउने नितेश सिंहलाई निजकै घरबाट पक्राउ गरी “आपराधिक उपद्रो” शीर्षकमा मुद्दा दर्ता गरी  जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।साभार राताेपाटी

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *