Categories समाचार

जन्ती सबार बस दुर्घटना हुँदा १५ जना घाइते

Advertisement

बिरगंज । धनुषामा जन्ती सबार बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहामा राति ९ बजे जन्ती सबार ना ४ ख ४४९२ नम्बरको बस दुर्घटना भएको हो ।

सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको बस सडक छेउमा पल्टिँदा १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार घाइते मध्ये एकजना मध्यम र अन्य सबै समान्य रहेका छन् । उनीहरुको गोदार स्थित रिया पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात फरार बस चालकको खोजी र घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । सांकेतिक तस्बिर

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *