Categories एजेन्सी

भारतीय गुप्तचर निकायको निष्कर्ष : हसिनालाई लखेट्न पाकिस्तान र चीनको हात छ

एजेन्सी । भारतको गुप्तचर संयन्त्रहरूले बंगलादेशको सत्तापलटमा पाकिस्तान र चीनको हात भएको बताएका छन्।विद्यार्थी आन्दोलन चर्काउन र हसिनालाई लखेट्न आईएसआई र चिनियाँहरूको हात रहेको भारतीय गुप्तचर निकायको निष्कर्ष टाइम्स अफ इन्डियाले स्रोतहरूलाई उधृत गर्दै उल्लेख गरेको छ।

बंगलादेशमा भारतविरोधी छवि बनाएको जमात ए इस्लाम पार्टीको विद्यार्थी संगठन इस्लामी छात्र शिविरले आन्दोलन चर्काएको र सो संगठन पाकिस्तान र चीनलाई सहज हुने सरकार गठनका लागि प्रतिबद्ध रहेको भारतीय गुप्तचर निकायहरूको भनाइ छ। 

Advertisement

‘आईएसआईको समर्थनप्राप्त जमात ए इस्लामीले यो वर्ष हसिना सरकारलाई ढाल्न ठूलै वित्तीय सहयोग पाएको छ। सो रकमको प्रमुख हिस्सा पाकिस्तानमा क्रियाशील चिनियाँ संस्थाहरूबाट आएको विश्वास छ,’ टाइम्स अफ इन्डियाले गुप्तचर अधिकारीलाई उधृत गरेको छ। आन्दोलनकारी शक्तिलाई चीनको राज्य तथा सुरक्षा मन्त्रालयले सहयोग गरेको ती अधिकारीको दाबी छ। 

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *