काठमाडौं । केन्याको एक विद्यालयमा आगलागी हुँदा कम्तीमा १७ जना विद्यार्थीको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार राति न्येरी काउन्टीस्थित हिलसाइड एंडराशा प्राइमरी स्कुलमा आगलागी भएको हो ।
आगलागीमा परेर कैयौं विद्यार्थीहरु गम्भीर घाइते भएर अस्पताल भर्ना भएकाले प्रहरीले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरेको छ । प्रहरीले घटनाबारे छानबिन सुरु गरेको छ ।
यो एउटा निजी स्कुल भएकाले ६ देखि १४ वर्षसम्मका विद्यार्थी पढ्दै आएका छन् । समाचार एजेन्सी एएफसीका अनुसार उक्त विद्यालयमा ८ सय बालबालिका अध्ययनरत छन् ।
केन्याका राष्ट्रपति विलियम्स रूटोले घटनालाई भयानक र विनाशकारी बताएका छन् ।