Categories Uncategorized

वीरगञ्जबाट साढे १९ किलो चरेस बरामद, तस्कर फारार

Advertisement

वीरगञ्ज । प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ गणेश टोलबाट ठुलो परिमाणमा लागूऔषध चरेस बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा खटिएको वडा प्रहरी कार्यालय बिर्ताको टोलीले १३ प्याकेटमा प्याक गरिएको १९ किलो ५०० ग्राम चरेस बरामद गरेको हो ।

Advertisement

वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख, प्रहरी निरीक्षक निरोज चौलागाईंका अनुसार, विशेष सूचनाका आधारमा गणेश टोलको भित्री सडकमा निगरानी बढाइएको थियो । सोही क्रममा नम्बर प्लेट नखुलेको मोटरसाइकलमा बोरा बोकेर जाँदै गरेका चालकले चरेस भएको बोरा फालेर भागेका थिए ।

Advertisement

बरामद गरिएको चरेस वडा प्रहरी कार्यालयमा राखिएको छ भने तस्करको पहिचान र पक्राउका लागि व्यापक खोजी भइरहेको प्रहरी निरीक्षक चौलागाईंले जानकारी दिएका छन् ।

कारबाहीले वीरगञ्ज क्षेत्रको लागूऔषध तस्करीविरुद्ध प्रहरीले चालेको कदमको प्रभावकारितालाई उजागर गरेको छ । तस्करहरूलाई पक्राउ गर्न थप निगरानी र अनुसन्धान जारी रहेको जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *