Categories समाचार

मुर्ली चोकदेखि बाइपास निस्कने सडक छेउका संरचना हटाउन महानगरको सूचना

Advertisement

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १२ र १३ को साँधमा पर्ने मुर्ली चोक देखि पूर्व तर्फ जाने सडक स्तरोन्नती गर्न भन्दै महानगरपालिकाले सूचना जारी गरेको छ ।

सडक स्तरोन्नती गरी १० मिटर फराकिलो बनाउने गरी निर्माण कार्य गर्नु पर्ने भएकाले सडकको केन्द्रबाट दायाँबायाँ ५/५ मिटर भित्र निर्माण भएका संरचना हटाउन महानगरले सूचना जारी गर्दै सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

Advertisement

बाटो साँघुरो हुँदा विपतका बेला एम्बुलेन्स तथा दमकल समेत ओहोरदोहोर गर्न समस्या भएको भन्दै सडक स्तरोन्नती गरी फराकिलो बनाउन स्थानीयले पटक पटक माग गर्दै आएका छन् । सडक छेउमा बनाइएका संरचना अनुमति बेगर नै बनेकाले आफैले हटाएर सडक स्तरोन्नतीका लागि सहयोग गर्न महानगरपालिकाले सबैमा अपिल गरेको हो ।

Advertisement

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जारी गरेको सूचनामा १५ दिन भित्र सडक छेउमा अवैध रुपमा निर्माण गरिएका संरचना हटाइसक्न भनिएको छ ।

‘उक्त बाटोको साँधमा पर्ने जग्गा धनिहरुबाट प्रमाण पेश हुन आउँदा नक्सा पास नगराई संरचनाहरु अवैध रुपमा निर्माणहरु गरिएको देखिएको र सो बाँकी रहेको बाटो बिस्तार नहुँदा आवत जावत गर्न, विपतको बेलामा एम्बुलेन्स, दमकल आउन जान समेत समस्या परेको हुँदा उक्त टोल बासीको गुनासो आई राखेकोले सो सडकको केन्द्रबाट ५/५ मिटर दायाँ बायाँ गरि जम्मा १० मिटर भित्र पर्ने नक्सा पास नगरी अवैध रुपमा निमार्ण भएका भवनहरु (संरचनाहरु) यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र खाली गर्नु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

मुर्ली चोकदेखि नेपाल आयल निगमको क्षेत्रीय कार्यालय बाइपास निस्कने उक्त बाटो मध्ये चोकतर्फबाट सबाह अन्सारीको घरसम्म साँघुरो छ । त्यस पछि बाइपाससम्म भने यस अघि नै निर्माण भइसकेको छ । मुर्लीचोकदेखि सबाह अन्सारीको घरसम्मको सडक स्तरोन्नतीका लागि महानगरले शुक्रबार सूचना जारी गर्दै १५ दिन भित्र सडकको साँधमा निर्माण गरिएका संरचना हटाई सडक फराकिलो बनाउने कार्यमा सहयोग गर्न आग्रह गरेको हो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *