Categories राजनीति

लोसपाका केन्द्रीय उपाध्यक्ष झासहित हजारौं जना जसपामा प्रवेश

Advertisement

वीरगन्ज । लोसपाका केन्द्रीय उपाध्यक्ष तथा पर्सा जिल्ला अध्यक्ष पुरुषोत्तम लाल झासहित हज़ारोंको संख्यामा जनता समाजवादी पार्टी (जसपा) मा प्रबेश गरेका छन ।

नव प्रवेशी पुरुषोत्तम लाल झासहित सबै नेता तथा कार्यकर्ताहरूलाई पार्टी अध्यक्ष अशोक कुमार राई, उपमहासचिव तथा खानेपानीमन्त्री प्रदीप यादव, वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले अबीर टीका र माला लगाएर पार्टीमा स्वागत गरे।

Advertisement

शनिबार बलिदानी दिवसकाे अवसरमा वीरगन्जको टाउनहलमा जसपा पर्साले आयाेजना गरेकाे बृहत् पार्टी प्रवेश कार्यक्रममा लाेसपाका केन्द्रीय उपाध्यक्ष झा,लाेसपाका केन्द्रीय सदस्य रेखा कर्ण, उद्योगपति भागमतलाल झा, थारु कल्याणकारिणी समाजका महासचिव विकास चाैधरीसहितका अन्य दलका सयाैं नेताकार्यकर्ता जसपामा प्रवेश गरेका हुन्।

Advertisement

जसपा पर्साका अध्यक्ष सिंगासन सा तेलीकाे अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन उमेश सहनीले गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *