Categories समाचार

१३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार : दुई जना पक्राउ

धनगढी । कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

बर्दगोरिया गाउँपालिका–२ की १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा सोही गाउँपालिका–३ का ४४ वर्षीय गोपाल विक र २ नम्बर वडाका १६ वर्षीय किशोरलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराका अनुसार घटना २६ माघको हो।

Advertisement

२७ गते ४ बजे आफ्नो बहिनीमाथि सामूहिक करणी भएको भन्दै पीडितकी दिदीले प्रहरीलाई खबर गरेकी थिइन। गोपाल विकले मासु पकाएर ल्याइदिन भन्दै बोलाएपछि बालिका मासु लिएर विकको पसलमा पुगेकी थिइन्।

Advertisement

सोही क्रममा पसलको कोठामा लगेर जबरजस्तीकरणी गरेको जानकारी आएको बोहराले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी बोहराले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *