Categories शिक्षा समाचार

बिदामा पनि पठनपाठन सञ्चालन गर्न सामुदायिक विद्यालयहरूलाई अनुरोध

काठमाडाैं l शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको अनुकूलताअनुसार हिउँदे वा वर्षे बिदामा पनि पठनपाठन सञ्चालन गर्न सामुदायिक विद्यालयहरूलाई अनुरोध गरेको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै २०८१ चैतमा काठमाडौंमा भएका शिक्षक तथा कर्मचारीको आन्दोलनका कारण विद्यार्थी भर्ना र पठनपाठनजस्ता क्रियाकलाप प्रभावित भएकाले यस्तो आग्रह गरिएको जनाएको हो।

विज्ञप्तिमा उल्लेख भएअनुसार, आन्दोलनका कारण शिक्षक तथा कर्मचारी विद्यालयमा अनुपस्थित रहँदा उत्पन्न भएको शैक्षिक क्षति व्यवस्थापन गर्न र शिक्षकको मनोबल उच्च राख्दै विद्यालय सञ्चालनमा सुधार ल्याउन यो कदम आवश्यक भएको बताइएको छ।

Advertisement

मन्त्रालयले आन्दोलनपछि शिक्षक र कर्मचारीहरू पुनः विद्यालय फर्किएर नियमित काममा फर्किएको उल्लेख गर्दै अब सबैको निरन्तर सक्रियता र विद्यार्थीको सिकाइ सुधारका लागि समन्वय र सहकार्य जरुरी भएको जनाएको छ। यसका लागि स्थानीय तह, विद्यालय प्रशासन तथा सरोकारवालाहरूलाई विशेष भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।

Advertisement

शिक्षक महासंघको प्रतिबद्धतालाई आधार मानेर आवश्यक व्यवस्था गर्न आग्रह गरिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *