Categories समाचार

पूर्वसभामुख महरामाथि आरोप लगाएकी रोशनी शाही मृत फेला

Advertisement

वीरगन्ज । पूर्वसभामुख कृष्णबहादुर महरामाथि जबरजस्ती करणीको आरोप लगाएकी रोशनी शाही आइतबार अपरान्ह मृत फेला परेकी छिन्। उनी भक्तपुर नगरपालिका–१ बालकोटस्थित एक घरमा मृत अवस्थामा फेला परेकी हुन्।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डीराज नेउपानेका अनुसार घटनास्थलबाट एउटा पत्रसमेत फेला परेको छ। उक्त पत्र शाहीले नै लेखेको हो वा होइन भन्ने पुष्टि भइनसकेको र त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

शाहीको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ।

Advertisement

रोशनी शाहीले तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि २०७६ सालमा बलात्कार प्रयासको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन्। सो आरोपका आधारमा महरालाई अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको थियो। पाँच महिना जेल बसेपछि उच्च अदालत पाटनको आदेशमा उनी रिहा भएका थिए।

शाहीको मृत्यु रहस्यमय परिस्थितिमा भएको भन्दै प्रहरीले सबै कोणबाट अनुसन्धान अगाडि बढाएको जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *