Categories शिक्षा

वीरगंजमा परीक्षा प्रणालीको दुरुपयोग : शिक्षक रंगेहात पक्राउ, विद्यार्थी निष्कासित

Advertisement

वीरगंज । वीरगंज महानगरपालिका पिपरास्थित नरसिंह माध्यमिक विद्यालयमा सञ्चालित स्नातक चौथो वर्षको परीक्षाका क्रममा परीक्षा प्रणालीको दुरुपयोग गर्ने प्रयासमा एक शिक्षक रंगेहात पक्राउ परेका छन्।

प्राप्त जानकारीअनुसार सोही विद्यालयका प्राविधिक शिक्षक बाबूनन्द पटेल परीक्षा ड्युटीमा नराखिएको अवस्थामा समेत परीक्षा हलमा प्रवेश गरी एक विद्यार्थीको उत्तरपुस्तिकामा आफैं टिक लगाउँदै गरेको अवस्थामा पक्राउ परेका हुन्। उनले संतोष यादव नामक विद्यार्थीको उत्तरपुस्तिकामा अनुचित रूपमा हस्तक्षेप गर्दै पास गराउने प्रयास गरेका थिए।

Advertisement

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले घटनाको पुष्टि गर्दै आवश्यक कानुनी कारबाही अघि बढाइएको जानकारी दिनुभयो।

Advertisement

उहाँका अनुसार विद्यार्थी संतोष यादवलाई समेत परीक्षा प्रणालीको दुरुपयोग गरेको आरोपमा परीक्षा केन्द्रबाट निष्कासित गरिएको छ।

घटनाले परीक्षा प्रणालीको विश्वसनीयतामाथि प्रश्न उठाएको छ। सम्बन्धित निकायहरूले यस्ता अनियमितता रोक्न कडा निगरानी र कारबाहीको आवश्यकता औंल्याएका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *