Categories समाचार

किशोरीमाथि अनुचित कार्यको अभियोगमा एक युवक पक्राउ

वीरगञ्ज । विद्यालयबाट घर फर्किँदै गरेकी एक किशोरीलाई विभिन्न प्रलोभन देखाई अनुचित कार्यमा संलग्न भएको आरोपमा पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं. ६ का २३ वर्षीय युवक विशाल यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, १३ वर्षीया किशोरीलाई माया प्रेमको कुरा गर्दै फकाई वीरगञ्ज महानगरपालिका वडा नं. १५ स्थित आफ्नो कोठामा लगेर अनुचित कार्य गरिएको भन्ने उजुरीका आधारमा यादवलाई २०८२ साल जेठ १२ गते पक्राउ गरिएको हो।

Advertisement

यस घटनासम्बन्धी थप अनुसन्धानका लागि यादवविरुद्ध प्रारम्भिक रुपमा ६ दिनको म्याद थप लिइएको र आवश्यक प्रमाण संकलन तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *