Categories समाचार

PAN पर्सामा पुनः विनोद मेहताको नेतृत्व, १७ सदस्यीय समिति सर्वसम्मत चयन

वीरगञ्ज । प्रधानाध्यापक संघ नेपाल (PAN) पर्साको दोस्रो जिल्ला सभा वीरगञ्जस्थित त्रिजुध माध्यमिक विद्यालयमा मंगलबार सम्पन्न भएको छ।

सभाबाट पुनः विनोद मेहताको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतरूपमा चयन गरिएको छ।

Advertisement

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा मनोज कुमार श्रीवास्तव, सचिवमा मुकलेश राउत गद्दी, सहसचिवमा सुरज नारायण पटवारी तथा कोषाध्यक्षमा अनिता कुमारी साह चयन भएका छन्।

Advertisement

त्यसैगरी, सदस्यहरूमा रमादेश प्रसाद चौहान, बिन्दु भूषण साह, अकबर हवारी, निमा जैसवाल, नसिमा प्रवीण, सविर अहमद, रामनारायण मिश्र, सुनिल कुमार चौरसिया, लक्ष्मीकान्त साह, शेषनाथ प्रसाद साह, राजकिशोर साह र चन्द्रमोहन चौरसिया रहेका छन्।

जिल्ला सभा शिक्षा विकास तथा समन्वय इकाई पर्साका प्रमुख हरी राउत कुर्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रममा PAN मधेस प्रदेश सदस्य राजकुमार सिंह, वीरगञ्ज महानगर अध्यक्ष नवीन कुमार मिश्र लगायत पर्सा जिल्लाका विभिन्न पालिकाबाट सहभागी भएका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *