Categories समाचार

जन्ती गएका बेला मोटरसाइकल चोर्ने तीन जना पक्राउ

Advertisement

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा जन्ती गएको बेला मोटरसाइकल चोरीको आरोपमा तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जेठ ८ गते राति पोखरिया नगरपालिका–९ मा विवाह समारोहमा सहभागी हुन गएका बेला वीरगञ्ज महानगरपालिका–२१ का राजदेव महतोको नाममा दर्ता भएको ना.५४ प ३८७७ नम्बरको सुपर स्प्लेंडर मोटरसाइकल चोरी भएको थियो।

Advertisement

पीडित महतोको उजुरीका आधारमा खोजी सुरु गरेको प्रहरीले उक्त मोटरसाइकल जेठ १० गते पोखरिया नगरपालिका–४ स्थित सडक छेउमा बेवारिसे अवस्थामा फेला पारेको थियो।

Advertisement

अनुसन्धानलाई तीव्रता दिँदै प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा पोखरिया नगरपालिका–४ का १९ वर्षीय रितिक गिरी, २१ वर्षीय रामविश्वास राम र १९ वर्षीय कृष्ण महतो नुनियालाई पक्राउ गरेको हो।

पक्राउ परेका तीनै जनामाथि चोरीसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ।

उनीहरूलाई पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *