Categories समाचार

उपकार सेवा नेपालद्वारा भगवाननगरस्थित वृद्धाश्रमलाई नियमित सहायता

पर्सा । उपकार सेवा नेपालले आफ्नो नियमित सामाजिक सेवाको निरन्तरतामा जेष्ठ महिनामा पनि ठोरी गाउँपालिका–१, भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रममा आश्रित २३ जना अपाङ्ग, सुस्त मानसिक अवस्था भएका, ज्येष्ठ नागरिक, आमा–बुबा तथा बालबालिकाहरूका लागि आवश्यक दैनिक उपभोग्य सामग्री पठाएको छ।

संस्थाले यसपटक आश्रमलाई ३० किलो चामल (१ बोरा), १० किलो स्वाबिन, १ बोरा चिउरा, नून, सर्फ, साबुन, ५ लिटर फिनाईल लगायतका सामग्रीहरू प्रदान गरेको हो।

Advertisement

उपकार सेवा नेपालकी अध्यक्ष विद्याकुमारी सरावगी र सामाजिक अभियन्ता प्रकाश थारुले आश्रमका सदस्य रामबहादुर थिङलाई ती सामग्रीहरू हस्तान्तरण गरेका थिए।

Advertisement

उक्त सामग्रीहरू उपकार सेवा नेपालले प्रत्येक महिनामा नियमित रूपमा प्रदान गर्दै आएको हो। संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत मानवसेवाको भावनाले प्रेरित भई आश्रममा सहयोग पुर्‍याउँदै आएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *