Categories समाचार

प्रधानमन्त्री ओलीको नयाँ प्रचारशैली : ‘म झोले हो’

Advertisement

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत ‘म झोले हो’ भन्ने सन्देशसहित नयाँ प्रचारशैली अपनाएका छन्। उनले फेसबुकमा दुई हात जोडेको आफ्नो तस्वीरसहितको पोस्टर सार्वजनिक गर्दै ‘झोले’ भन्ने आलोचनालाई राजनीतिक पहिचानमा रूपान्तरण गर्ने प्रयास गरेका छन्।

पोस्टरमा लेखिएको छ, “म झोले हो। एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम चरित्र हो।”

Advertisement

साथै, स्टाटसमार्फत ओलीले कार्यकर्तालाई सामाजिक सञ्जालको आलोचनाबाट विचलित नहुन आग्रह गर्दै लेखेका छन्, “झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं।”

Advertisement

केही दिनअघि सार्वजनिक भाषणमै आफू ‘झोले’ भएको बताएका ओलीले अहिले सामाजिक सञ्जालमार्फत त्यसै सन्देशलाई प्रचारको शैलीमा रूप दिएका छन्।

Screenshot 2025-06-02 132042
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *