Categories समाचार

गए राति नै सहमति भएको हो, अझै बन्द गरेर ठिक गरेनन्: यातायातमन्त्री

Advertisement

काठमाडौं l भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायात ठप्प पारिएकोप्रति आपत्ति जनाएका छन् । मंगलबार पूर्वाधार विकास समितिको बैठकमा मन्त्री दाहालले गए राति सरकार र यातायात व्यवसायीबीच आजदेखि गाडी सञ्चालन गर्ने सहमति भए पनि अझै सञ्चालन नभएकोप्रति आपत्ति जनाए ।

‘अहिले यातायात व्यवसायीले त्यो ढंगले सम्झौता गरेर गण्डकी प्रदेशलाई अनुराधे गर्ने र उहाँहरूले अहिलेका लागि आन्दोलन स्थगित गर्ने, पछि संघीय कानुनबाट व्यवस्थित गरिसकेपछि अघि बढ्ने समझदारी भएको हो । यातायात बन्दै गर्ने सन्दर्भको कुराहरू गलत छ, ठिक छैन,’ उनले भने ।

Advertisement

मन्त्री दाहालले केही सवारी तथा सार्वजनिक यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबाट राइड सेयरिङलाई पनि राज्यको दायराभित्र ल्याउने उनको भनाइ छ ।

Advertisement

‘राइड सेयरिङको कुरा छ । यसलाई कसरी अघि बढाउने, काम त भइरहेको नै छ । काम भइरहेको छ, जनताले सुविधा पनि पाइरहेका छन् । तर, त्यसलाई नियमन त गर्नुपर्छ नि । राज्यको दायरामा त ल्याउनुपर्‍यो नि,’ उनले भने ।

न्युज एजेन्सी नेपाल

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *