Categories खेलकुद

नारायणी रंगशालाका लागि ४ करोड बजेट विनियोजन

Advertisement

वीरगन्ज । सरकारले अगामी आर्थिक वर्ष २०८२÷०८३ मा पर्साका विभिन्न ठुला रंगशाला र खेलमैदानका लागि बजेट छुट्याएको छ।

पर्सा जिल्लाका विभिन्न खेलमैदानका लागि सरकारले बजेट छुट्याएको बजेट पुस्तिकामा उल्लेख छ।

Advertisement

वीरगन्जको नारायणी रंगशाला, निर्माणाधिन नारायणी बहुउद्देश्यीय कभर्ड हल, आदर्शनगर रंगशाला र बढनियार मैदानका लागि बजेट विनियोजन भएको हो ।

Advertisement

नारायणी रंगशाला स्तरोन्नतीका लागि चार करोड, नारायणी बहुउद्देश्यीय कभर्ड हलका लागि चार करोड तथा आर्दशनगर रंगशाला र बढनियार खेलकुद ग्राउण्ड निर्माणका लागि तीन करोड छुट्याइएको छ।

यस्तै जगरनाथपुर गाउँपालिकाको मधुवाहा मेघराज उपाध्याय क्रिकेट मैदान पनि समेटिएको छ। उक्त मैदानका लागि तीन करोड बजेट परेको छ।

सोही वडामा रहेको क्रिकेट खेल मैदानमा तीन करोड बजेट परेको बजेट पुस्तिकामा उल्लेख छ। तिवारी यादव/नयाँपत्रिका

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *