Categories हाइलाइट-समाचार

काठमाडौं: अधिकृतसँग ठोक्किएपछि पाण्डे निलम्बन, विष्णु जोशी कार्यवाहक प्रमुख

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन्।

Advertisement

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले कार्यालय प्रवेशमा अवरोध पुर्‍याएको आरोपमा उनलाई निलम्बन गरेका हुन्।

Advertisement

यसअघि गुरागाईंले पाण्डेसँग स्पष्टीकरण मागेका थिए। पाण्डे निलम्बनमा गएपछि महानगर प्रहरी प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीलाई दिइएको छ।

Advertisement

जोशीलाई अर्को व्यवस्था नभएसम्म कार्यवाहक प्रमुखको रूपमा काम गर्न पत्र दिइएको छ।

यसको जानकारी मेयर बालेन शाह र उपमेयर सुनिता डंगोललाई पनि दिइएको स्रोतले जनाएको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *