Categories एजेन्सी

भारतमा २५० हज यात्री बोकेको विमान ठुलो दुर्घटनाबाट बच्यो

Advertisement

भारत l भारतको लखनऊको चौधरी चरण सिंह विमानस्थलमा साउदी अरेबिया एयरलाइन्सको उडान एसभी-३११२ अवतरणका क्रममा पाङ्ग्राबाट झिल्का र धुवाँ निस्कन थाल्यो। पाइलटले तुरुन्तै स्थिति महसुस गरे र विमान रोके। उनले एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी दिए। त्यतिबेला विमानमा २४२ हज यात्री बसिरहेका थिए।

विमानस्थलको दमकल टोली घटनास्थलमा पुगेर फोम र पानी छर्कियो। करिब २० मिनेटको प्रयासपछि स्थिति पूर्ण रूपमा नियन्त्रणमा आयो। घटना आइतबार बिहान ६:३० बजे भएको थियो, भिडियो आज बाहिर आएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

Advertisement

विमान शनिबार राति ११:३० बजे जेद्दा विमानस्थलबाट हज यात्रीहरूलाई लिएर उडेको थियो। विमान आइतबार बिहान लखनऊ आइपुगेको थियो। रनवेमा अवतरण गरेपछि विमान ट्याक्सी-वेमा आउँदै गर्दा यो घटना भएको थियो।

Advertisement

घटनाको समयमा सबै यात्रुहरू विमानभित्रै थिए। पछि विमानलाई ट्याक्सीवेमा फिर्ता धकेलिएको थियो। सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो। इन्जिनियरहरूको टोलीले विमानको प्राविधिक गडबडीको अनुसन्धान सुरु गरेको थियो तर अबेर साँझसम्म समस्या समाधान हुन सकेन।

स्रोतका अनुसार विमान अवतरण गर्ने क्रममा पाइलटले पाङ्ग्रा खोलेर विमानलाई रनवेमा अवतरण गराएपछि अचानक विमानको बायाँ पाङ्ग्रामा खराबी आयो। हाइड्रोलिक प्रणालीमा अचानक चुहावटका कारण यो समस्या भएको बताइएको छ। धुवाँ र झिल्काका कारण त्रास सिर्जना भएको थियो।

यदि यो त्रुटि विमान उडान भर्ने क्रममा भएको भए ठूलो दुर्घटना हुन सक्थ्यो। स्रोतहरूले भने कि हज तीर्थयात्रीहरू फर्कने क्रममा साउदी अरेबिया एयरलाइन्सको विमान जेद्दाहबाट हज यात्रीहरू लिएर यहाँ आउँछ तर यहाँबाट कुनै यात्रु बिना खाली फर्कन्छ। एजेन्सी

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *