Categories समाचार

इजरायल भ्रमणमा रहेका विराटनगरका मेयर कोइराला बङ्करमा बस्न बाध्य,नेपाली टोली आपत्कालीन सुरक्षामा

Advertisement

विराटनगर l इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासहित विभिन्न देशका जनप्रतिनिधिहरू बङ्करमा लुक्दै बस्न बाध्य भएका छन्।

भ्रमणकै क्रममा इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि उत्पन्न सैन्य तनावका कारण उनीहरूलाई आपत्कालीन सुरक्षा व्यवस्थाअन्तर्गत बङ्करमा राखिएको हो।

Advertisement

मेयर कोइरालाले फोनमार्फत जानकारी दिँदै आफू इजरायलको राजधानी तेलअभिवबाट करिब ३० किलोमिटर टाढा रहेको सेफाइम भन्ने सहरमा सुरक्षित रूपमा रहेको बताएका छन्। ‘इजरायलको सहकारी अभ्यासबारे अध्ययन गर्न आएका हौँ,’ उनले भने, ‘तर अहिलेको परिस्थिति असामान्य छ, सरकारकै निर्देशनमा बङ्करमा बस्नुपरेको छ।’

Advertisement

उनका अनुसार उनीहरूको टोलीमा फिलिपिन्सका दुई सांसदसहित विभिन्न मुलुकका गरी १७ जना जनप्रतिनिधि छन्। इजरायल सरकारले आपत्काल घोषणा गरेसँगै विमानस्थलहरू बन्द गरिएका छन्, जसका कारण उनीहरूको फर्कने मिति अनिश्चित भएको कोइरालाले जानकारी दिए।

‘सामान्य अवस्थामा हामी बाहिर घुमफिर गर्न सक्थ्यौँ,’ कोइरालाले भने, ‘तर खतराको संकेतस्वरूप साइरन बज्ने बित्तिकै हामी बङ्करमा जानुपर्ने नियम छ।’

कोइरालाका अनुसार इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले टोलीसँग भेट गरी अवस्था बुझेका छन् भने परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि समन्वय भइरहेको छ।

परराष्ट्र मन्त्रालयले इजरायलमा करिब ५ हजार ५ सय नेपाली र इरानमा १२ जना नेपाली रहेको जनाएको छ। दुवै देशमा रहेका सम्पूर्ण नेपाली सुरक्षित रहेको मन्त्रालयको भनाइ छ।

इरान र इजरायलबिच पछिल्लो समय बढ्दो तनावका बिच यस्तो स्थिति सिर्जना भएको हो। स्थिति थप जटिल नहोस् भन्ने कामना गर्दै नेपाली पक्ष उच्च सतर्कतामा रहेको जानकारी गराइएको छ।

 र इजरायलबिच पछिल्लो समय बढ्दो तनावका बिच यस्तो स्थिति सिर्जना भएको हो। स्थिति थप जटिल नहोस् भन्ने कामना गर्दै नेपाली पक्ष उच्च सतर्कतामा रहेको जानकारी गराइएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *