Categories समाचार

सशस्त्र प्रहरीद्वारा रु २२ लाख बढीको कपडा बरामद, भन्सार दाखिला

Advertisement

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले भन्सार छली गरिएका तयारी कपडा बरामद गरेको छ।

विशेष सूचनाको आधारमा गरिएको कारवाहीमा वीरगञ्ज महानगरपालिका–६, रेशमकोटीस्थित २ नम्बर रोडमा रहेको रमेश अग्रवालको दुई तल्ले पक्की घरको ग्राउण्ड फ्लोरमा सञ्चालित ‘जी.के. ट्रेडर्स’ नामक गोदाममा छापा मारिएको हो।

Advertisement

गोदामको दुईवटा कोठा भाडामा लिएर भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइ लुकाई छिपाई राखिएका तयारी वस्त्रहरू—जसमा भेष्ट, जिन्सका पाइन्ट, टिसर्ट लगायतका कपडा—बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिए।

Advertisement

बरामद सामग्रीको कुल मूल्य रु. २२ लाख ७१ हजार ९ सय ५० रहेको छ। नियन्त्रणमा लिइएको उक्त सामग्री आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सिंहले बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *