वीरगन्ज । लामो समयदेखि बढ्दो तापक्रम र गर्मीले हैरान बनेको वीरगन्जवासीलाई बुधबार अपराह्न परेको पानीले केही राहत दिएको छ।
गत केही सातादेखि लगातार चर्को घाम र अत्यधिक तापक्रमका कारण वीरगन्ज क्षेत्र काकाकुल भएको थियो। अत्यधिक गर्मीका कारण वृद्ध, बालबालिका तथा बिरामीहरू बढी प्रभावित बनेका थिए। सार्वजनिक स्थानहरू सुनसान जस्तै देखिन्थे भने दैनिक क्रियाकलापमा समेत असर परेको थियो।
पानी परेपछि तापक्रममा केही कमी आएको छ र वातावरण शीतल भएको अनुभव गरिएको छ। स्थानीय बासिन्दाहरूले पानी परेसँगै लामो समयपछि राहत महसुस गरेको बताएका छन्।
यसअघि लगातार गर्मीका कारण वीरगन्जमा केही स्थानमा पानी अभाव र विद्युत अवरोधसमेत भएको थियो। पानी परेपछि यी समस्यामा पनि केही सुधार आउने अपेक्षा गरिएको छ।






