Categories समाचार

बहुदरमाईका निमित्त प्रशासकीय प्रमुख अजय श्रीवास्तव घुस प्रकरणमा पक्राउ

Advertisement

पर्सा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौँबाट खटिएको टोलीले बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई पक्राउ गरेको छ।

आयोगका अनुसार श्रीवास्तवले पोखरिया नगरपालिका र बहुदरमाई नगरपालिकामा संचालन भइरहेका योजनाहरूको स्वीकृति, खरिद आदेश तथा ठेक्का प्रक्रिया जस्ता काममा अनियमितता गर्दै घुस माग्ने र लिने कार्यमा संलग्न रहेको पाइएको हो।

Advertisement

आयोगका एक अधिकृतले जानकारी दिँदै भने, “श्रीवास्तवले सार्वजनिक पदको दुरुपयोग गरी व्यक्तिगत लाभ लिने उद्देश्यले गैरकानुनी रूपमा रकम मागेको र लिएको पुष्टि अनुसन्धानबाट भएको छ।”

Advertisement

उनीमाथि प्रारम्भिक अनुसन्धान सम्पन्न भइसकेको र हाल आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको अख्तियारले जनाएको छ।

साथै, आयोगले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अनुरूप यस्ता गतिविधिमा संलग्न जो–कोहीमाथि कडाइका साथ कारबाही गरिने चेतावनीसमेत दिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *