Categories समाचार

अनियमित विद्युत् आपूर्तिविरुद्ध जनमत पार्टी पर्साद्वारा ध्यानाकर्षण पत्र बुझाइयो

Advertisement

वीरगञ्ज । अनियमित रूपमा भइरहेको विद्युत् कटौती, लोडसेडिङ, पावर कट तथा भोल्टेजसम्बन्धी समस्याको विरोधमा जनमत पार्टी पर्साले शुक्रबार नेपाल विद्युत् प्राधिकरण, वीरगञ्जमा ध्यानाकर्षण पत्र बुझाएको छ।

उक्त समस्याले सर्वसाधारण जनतामा गम्भीर असर पारिरहेको जनाउँदै पार्टीले विद्युत् प्राधिकरणको गम्भीर ध्यानाकर्षण गराएको हो।

Advertisement

ध्यानाकर्षण पत्र बुझाउने क्रममा पार्टीले यस्ता समस्या तत्काल समाधान नगरे जनस्तरबाट ठूलो आन्दोलन चर्काइने चेतावनीसमेत दिएको छ।

Advertisement

जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफका अनुसार यदि विद्युत् सेवा नियमित नगरिए पर्साका गाउँ–गाउँबाट जनता तथा पार्टीका कार्यकर्ताहरूलाई सहभागी गराई चरणबद्ध रूपमा कडा आन्दोलनको सुरुवात गरिनेछ।

पार्टीले विद्युत् सेवा जस्तो आधारभूत सुविधामा लापरवाही र चरम अनियमितता जनताको अपमान भएको भन्दै तत्काल सुधारको माग गरेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *