Categories समाचार

बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु,पाँच घाइते

Advertisement

डोटी l डोटीको आदर्श गाउँपालिका–१ स्थित खिराधारा धौलामाटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्। दुर्घटना आज दिउँसो १ः४० बजेतिर दिपायल–सायल सडक खण्डमा भएको हो।

सुप्र प–०१–०१ ज १३९५ नम्बरको बोलेरो जिप दिपायलबाट मौवातर्फ जाँदै गर्दा सडकको घुम्तीमा अनियन्त्रित भई करिब २५० मिटर तल खस्दा जिपमा सवार तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Advertisement

प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार मृत्यु हुनेमा सायल गाउँपालिका–४ सुण्डकी ४१ वर्षीया देवी विक, जिप चालक आदर्श गाउँपालिका–७ दडिमानाका २७ वर्षीय सुरेश कार्की र सायल गाउँपालिका–६ कटुवाल गाउँकी ३५ वर्षीया काली कटुवाल रहेका छन्।

Advertisement

देवी विक र सुरेश कार्कीको घटनास्थलमै मृत्यु भएको हो भने काली कटुवालको जिल्ला अस्पताल डोटीमा उपचारका क्रममा साँझ मृत्यु भएको हो। मृतक काली कटुवाल गर्भवती रहेको प्रहरीले पुष्टि गरेको छ।

दुर्घटनामा परी घाइते हुनेमा आदर्श गाउँपालिका–३ नुवाकोटकी १४ वर्षीया अनिता विक, १६ वर्षीया स्यानु विक, सोही पालिकाको वडा नम्बर ७ का २२ वर्षीय कैलाश विष्ट, १४ वर्षीय दीपक विष्ट र मृतक काली कटुवालकी १० वर्षीया छोरी सविता कटुवाल रहेका छन्।

प्रहरीका अनुसार घाइते चार जनाको अवस्था गम्भीर रहेको छ भने एक जनाको अवस्था मध्यम छ। उनीहरूको उपचार जिल्ला अस्पताल डोटीमा भइरहेको छ।

दुर्घटनाको कारणबारे प्रारम्भिक अनुमानअनुसार जिप सडकको घुम्तीमा अनियन्त्रित बनेर खसेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *