Categories समाचार

निर्वाचन आयोग भन्यो– रास्वपाको महामन्त्री मुकुल ढकाल नै हुन्

काठमाडौँ l निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री मुकुल ढकाल नै भएको औपचारिक पुष्टि गरेको छ।पार्टीले उनलाई हटाएको घोषणा गरे पनि आयोगको अभिलेखअनुसार ढकाल अझै महामन्त्रीकै हैसियतमा रहेका छन्।

रास्वपाबाट कारबाहीमा परेका ढकालले हालै आयोगमा निवेदन दर्ता गराउँदै पार्टीको केन्द्रीय नेतृत्वको अभिलेख अद्यावधिक भए/नभएको बारे जानकारी माग गरेका थिए।

Advertisement

उक्त निवेदनको जवाफ स्वरूप आयोगले पठाएको पत्रमा उल्लेख गरिएको छ,“रास्वपाको केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको हेरफेर अन्तिम पटक २०८० साल चैत २० गते मात्र अद्यावधिक भएको देखिन्छ।

Advertisement

त्यसपछिको कुनै अद्यावधिक अभिलेख आयोगमा नपुगेकोले हालसम्म आयोगमा कायम विवरणअनुसार तपाईँ (ढकाल) नै महामन्त्री रहनु भएको देखिन्छ।”

रास्वपाले गत वर्ष ढकाललाई महामन्त्री तथा प्रवक्ताबाट हटाउने निर्णय गरेको थियो। तर सो निर्णय निर्वाचन आयोगमा दर्ता नगराइएकाले कानुनी हिसाबले त्यो लागू हुन सकेको छैन।

यस घोषणासँगै रास्वपाभित्रको आन्तरिक विवाद पुनः चुलिने सम्भावना देखिएको छ। मुकुल ढकालले आफूलाई अन्यायपूर्वक कारबाही गरिएको भन्दै पूर्ववर्ती भूमिकामा पुनः सक्रियता देखाउन सक्ने सङ्केत यसबाट मिलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *