Categories समाचार

ई-लोडर, मोटरसाइकल र ठूला मात्रामा सामानसहित ११ लाखभन्दा बढीको अवैध सामान नियन्त्रणमा

पर्सा । सशस्त्र प्रहरी बल वीरगञ्जबाट खटिएको टोलीले करिब ११ लाख ६६ हजार ६ सय ९० रुपैयाँ बराबरको विभिन्न अवैध सामानहरू नियन्त्रणमा लिई वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।

असार १४ गते सशस्त्र प्रहरीको टोलीले वीरगञ्ज महानगरपालिका–१६ स्थित ईनर्वा सीमा क्षेत्रबाट बोरामा प्याक गरी भारततर्फ लैजाँदै गरेको रु. ५ लाख ८ हजार बराबरको तामाको माने तथा सो कार्यमा प्रयोग गरिएको ई–लोडर नियन्त्रणमा लिएको हो।

Advertisement

बरामद सामग्रीहरू असार १५ गते आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

Advertisement

त्यस्तै सोही मितिमा सोही गुल्मबाट खटिएको अर्को टोलीले वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार क्षेत्रबाट रक्सौलबाट वीरगञ्जतर्फ ल्याइँदै गरेको मोटरसाइकलका विभिन्न भागमा लुकाइछिपाई ल्याइएका करिब रु. ४ लाख ६७ हजार बराबरका मोबाइल पार्टपुर्जा तथा उक्त कार्यमा प्रयोग भएको मोटरसाइकलसहित नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ।

यसैगरी, असार १५ गते सशस्त्र प्रहरी गुल्म, अलौबाट खटिएको टोलीले बिन्दवासिनी गाउँपालिका–४ झौवा चोकबाट भारततर्फबाट भन्सार छली नेपाल भित्र्याइएको करिब रु. १ लाख ९१ हजार ६ सय ९० बराबरको किराना सामान तथा मोटरसाइकल नियन्त्रणमा लिई सोही दिन वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *