वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमीको नयाँ कार्यसमिति गठन गरिएको छ । वीरगञ्जस्थित त्रिशला होटलमा आयोजित विशेष पद हस्तान्तरण कार्यक्रममा लायन पिया सिंहको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
नवगठित कार्यसमितिमा लायन पिया सिंह अध्यक्ष, लायन प्रभात आनन्द प्रथम उपाध्यक्ष, लायन विनायक कुशवाहा सचिव तथा लायन प्रसिद्धी आनन्द सिंह कोषाध्यक्षमा चयन भएका छन् ।
कार्यक्रममा क्लबकी पूर्वअध्यक्ष लायन मेहर यादवले दोस्रो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरिन् । क्लबको नयाँ कार्यसमितिको कार्यकाल आगामी जुलाई १ तारिखदेखि औपचारिक रूपमा सुरु हुनेछ ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेशनलका पाष्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन डा. रमेश अग्रवालले लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमीलाई “सम्भावनाशील र गतिशील क्लब”को रूपमा मूल्यांकन गर्दै नवगठित नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले क्लबका गतिविधिमा सधैं सहकार्य र सहयोग रहने बताउँदै निरन्तर समर्थन गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पूर्व डिष्ट्रिक्ट गभर्नर लायन डी.एन. अग्रवाल, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर लायन रामबिहारी पाण्डे, डिष्ट्रिक्ट चिफ लायन उमेश साह कानु, एरिया चिफ लायन रामेश्वर गुप्तालगायत लायन्स पदाधिकारीहरूले नवगठित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
त्यसै अवसरमा जोन चेयरपर्सन लायन सल्मा खातुनलाई लायन वर्ष २०२४–२५ को उत्कृष्ट जोन चेयरपर्सन पुरस्कार प्रदान गरी सम्मानित गरिएको थियो ।
कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस अन्तर्गतका एक्जेक्युटिभ चिफ लायन प्रकाश बाहेती, लायन उमेश शर्मा, डिष्ट्रिक्ट चिफ लायन आश्मा सिंह यादव, रिजन चेयरपर्सन लायन विजय कुशवाहा, जोन चेयरपर्सन लायन मिनाक्षी गुप्ता, लायन सल्मा खातुन, लायन रितिका जैसवाल, लायन लक्ष्मी थापा, लायन मिनादेवी टिबडेवाल लगायत क्लबका पूर्वअध्यक्षहरू, वरिष्ठ सदस्यहरू तथा लायन्स परिवारका विभिन्न तहका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।






