Categories अन्तर्राष्ट्रिय

थाइल्याण्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बित

Advertisement

काठमाडौं l थाईल्यान्डकी प्रधानमन्त्री पेटोंगटन सिनावात्रालाई एक विवादास्पद फोनकलपछि मंगलबार पदबाट निलम्बन गरिएको छ। उनीमाथि आचारसंहिता उल्लंघन गरेको आरोपमा संवैधानिक अदालतले छानबिन सुरु गरेको छ।

३८ वर्षीया सिनावात्राले १० महिनाअघि मात्र प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। तर कम्बोडियाका पूर्व प्रधानमन्त्री हुन सेनसँगको गोप्य फोन वार्ताले उनको पद नै संकटमा पारेको छ।

Advertisement

३६ जना सांसदहरूले दिएको निवेदनपछि संवैधानिक अदालतले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो। अब अदालतको अन्तिम फैसला नभएसम्म उनी प्रधानमन्त्रीको हैसियतमा काम गर्न सक्दिनन्। यद्यपी, मन्त्रीपरिषद्‌को फेरबदलपछि उनी संस्कृति मन्त्रीको रुपमा भने कार्यरत रहनेछिन्।

Advertisement

फोनकलमा उनले हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गर्दै आफ्नै सेनाको आलोचना गरेकी थिइन्। यसले थाइल्यान्डमा राष्ट्रहित विपरीत व्यवहार गरेको भन्दै चर्को आलोचना भएको छ। यस घटनापछि सरकारको प्रमुख साझेदार भुमजैथाई पार्टीले सत्तारूढ गठबन्धन छाडेको छ, जसले उनको फेउ थाइ पार्टीको बहुमतमा संकट ल्याएको छ। शनिबार राजधानी बैंककमा विरोध प्रदर्शन समेत भएको थियो भने संसद्मा अविश्वास प्रस्ताव पनि पेस हुने तयारी छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *