Categories समाचार

प्रसौनी गाउँपालिका : विकासले गाउँबाट शहरतर्फको यात्रा

Advertisement

बारा । प्रसौनी गाउँपालिका पछिल्ला वर्षहरूमा तीव्र र दिगो विकासको नमुनाको रूपमा अघि बढिरहेको दाबी गरिएको छ ।

अध्यक्ष बिनोद प्रसाद जैसवालको नेतृत्वमा सडक, नाला, भवन, पार्क, पोखरी सौन्दर्यीकरणलगायत पूर्वाधार निर्माणले गाउँको स्वरूप नै परिवर्तन गरिएको जनाइएको छ।

Advertisement

विभिन्न वडाहरूमा जल निकासी, सडक ढलान, सामुदायिक भवन, विवाह भवन, पिकनिक पार्क निर्माण जस्ता काम सम्पन्न भइसकेका छन्।

Advertisement

योजना शाखा प्रमुख अमित पाण्डेका अनुसार अधिकांश टोल, गल्ली र बस्तीमा ढलान तथा नाला निर्माणका कामहरू अन्तिम चरणमा छन्। उनका अनुसार, “अब हिलो, धुलो र पानी जम्ने समस्या हट्दै गएको छ। सर्वसाधारणले परिवर्तन प्रत्यक्ष महसुस गरिरहेका छन्।”

गाउँपालिकाका अध्यक्ष बिनोद प्रसाद जैसवाल भन्छन्, “मैले पाएको पाँच वर्षे कार्यकालभित्र हरेक टोल र गल्लीसम्म पूर्वाधार पुर्‍याउने प्रतिवद्धता लिएको छु। आउँदो चुनावअघि कुनै पनि बस्ती विकासबाट वञ्चित हुने छैन।”

प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर साहका अनुसार, “गाउँपालिकामा भौतिक मात्र होइन, सामाजिक र मानसिक परिवर्तन पनि देखिन थालेको छ। अन्य पालिकाका प्रतिनिधिहरू यहाँको विकासलाई अनुकरणीय मोडलका रूपमा लिएका छन्।”

स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूले पनि अध्यक्ष जैसवालको नेतृत्वको खुलेर प्रशंसा गरेका छन्। शिक्षा, स्वास्थ्य, कृषि लगायत सामाजिक क्षेत्रमा समेत समान रूपमा ध्यान दिइएकोले प्रसौनी अब गाउँ होइन, शहरसरह देखिन थालेको स्थानीय बताउछन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *