Categories समाचार

मिश्रको नेतृत्वमा मोटरसाइकल चोरीमा संलग्न गिरोह पक्राउ, ५ वटा मोटरसाइकल बरामद

Advertisement

बारा । मोटरसाइकल चोरीमा सक्रिय गिरोहको खोजीमा जुटेको प्रहरी टोलीले उल्लेखनीय सफलता हात पारेको छ।

ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरीक्षक रञ्जन मिश्रको नेतृत्वमा खटिएको टोलीले तीन जना अभियुक्तलाई पक्राउ गर्दै पाँचवटा मोटरसाइकल बरामद गरेको हो।

Advertisement

विभिन्न मिति, स्थान र समयमा मोटरसाइकल हराएको वा चोरी भएको सम्बन्धी उजुरी जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय कोल्हवीमा परेपछि अनुसन्धान अघि बढाइएको थियो।

Advertisement

सोही क्रममा मिश्रको कमाण्डमा खटिएको टोलीले विभिन्न स्थानमा अप्रेसन चलाउँदै तीन जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका अभियुक्तहरूमा बारा जिल्ला, कोल्हवी नगरपालिका–१ निवासी २१ वर्षीय राहुल बिक, २३ वर्षीय अर्जुन खवास र २३ वर्षीय मुस्कान चौधरी रहेका छन्।

उनीहरूबाट बरामद गरिएको मोटरसाइकलको विवरण यसप्रकार छः

१. प्र.२-०३-००६ प ६५१५ नं.को Honda Shine, १२५ सि.सि.
२. ना. ४८ प ६९७० नं.को कालो रङको TVS RTR 200
३. बा. ९४ प २१४६ नं.को निलो रङको बजाज पल्सर २२० सि.सि.
४. ना. ६५ प ८८६० नं.को रातो–कालो TVS Striker
५. प्रदेश २-०३-०५ प ६२२६ नं.को निलो रङको TVS Striker

पक्राउ परेकामाथि चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत बाराबाट म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मिश्रले जानकारी दिए।

उनका अनुसार मोटरसाइकल चोरीको शृङ्खलाबद्ध घटनामा संलग्न अन्य व्यक्ति र गिरोहको पनि खोजी कार्य तीव्र पारिएको छ।

स्थानीय सुरक्षाको सुनिश्चितता र आपराधिक गतिविधिमा संलग्नको नियन्त्रणका लागि प्रहरी कार्यालय थप सक्रिय हुँदै गएको मिश्रको भनाइ छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *