Categories समाचार

चापाकल सुक्यो भने नआत्तिनुहोस्, यस्ता छन् उपयोगी उपाय

Advertisement

वीरगञ्ज । गर्मीयामसँगै देशका धेरै स्थानमा चापाकल सुक्ने समस्या देखिन थालेको छ। विशेषगरी मधेस प्रदेशमा जमिनको पानीको सतह तल जाँदा पुराना चापाकलहरूबाट पानी आउन छाड्ने समस्या व्यापक हुँदै गएको छ।

यस्तो अवस्थामा नयाँ चापाकल गाड्ने विकल्प महँगो र समय लाग्ने भएकाले इञ्जिनियर राकेश साहले एक सरल र व्यवहारिक र तत्काल गर्न सकिने उपाय सुझाएका छन्।

Advertisement

उनका अनुसार चापाकल सुक्यो भने चार चरणमा तत्काल सजिलै समाधान गर्न सकिन्छ:

Advertisement
  • १. चापाकलको हेड (मुडो) हटाउने:
  • सुरुमा सुक्न थालेको चापाकलको माथिल्लो भाग (हेड वा मुडो) हटाइन्छ। यसपछि पाइपभित्र पानीको लेभल मापन गर्न सकिन्छ।
  • २. पानीको लेभल मापन गर्ने:
  • पाइपभित्रको पानीको सतह नापिन्छ। यदि पानीको सतह ३० फिटभन्दा तल पुगेको छ भने चापाकलले पानी तान्न सक्दैन।
  • ३. खाल्डो खन्ने र पाइप काट्ने:
  • पानीको सतह २८ फिट भेटिएमा त्यसभन्दा माथि अर्थात् करिब ४ फिट तलसम्म जमिन खनेर चापाकलको पाइपलाई काट्नुपर्छ।
  • ४. सिधै मोटर जडान गर्ने:
  • खाल्डो खनेर पानीको सतहको नजिकै पुगेपछि सो स्थानमा सिधै मोटर जडान गरेर पानी निकाल्न सकिन्छ। यसरी खर्चिलो बोरिङ नगरीकनै सुक्न थालेको चापाकलबाट फेरि पानी निकाल्न सम्भव हुन्छ।

यस उपायले विशेषगरी ग्रामीण क्षेत्रमा पानीको समस्या समाधान गर्न मद्दत पुग्ने विश्वास लिइएको छ। इञ्जिनियर साहद्वारा प्रस्तुत यो तरिका सस्तो, प्रभावकारी र सरल भएकाले यसको प्रयोग व्यापक रूपमा गर्न सकिने देखिन्छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *