Categories समाचार

जब उडिरहेका बेला स्पाइसजेट विमानको झ्याल खुल्यो…

काठमाडौँ। भारत गोवाबाट पुणेतर्फ उडिरहेका बेला स्पाइसजेट विमानको झ्यालको फ्रेम उप्किएको छ।

एयरलाइन्सले बुधबार यो जानकारी दिएको हो। घटना भने मंगलबारको हो। 

Advertisement

एयरलाइन्सले विज्ञप्तिमा भनेको छ- ‘क्यू४०० विमानमध्ये एकको ‘कस्मेटिक’ (भित्री) झ्यालको फ्रेम उडानका क्रममा खुकुलो भयो र उप्कियो।’

Advertisement

एयरलाइन्सका अनुसार विमान पुणे विमानस्थलमा अवतरण गरेपछि फ्रेम मर्मत गरिएको छ।

स्पाइसजेटले विज्ञप्तिमा अगाडि भनेको छ- उडानभरि क्याबिनमा दबाब सामान्य रह्यो र यसले यात्रुहरूको सुरक्षामा कुनै असर पारेन। 

यसैबीच विमानको योग्यतामा प्रश्न उठाउँदै एक यात्रुले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा भाँचिएको झ्यालको भिडिओ पोस्ट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *