Categories समाचार

संस्था सुधारको संकल्पसहित वर्णवालको नेतृत्वमा नयाँ अभियान: पारदर्शिता र जवाफदेहिताको नारा

Advertisement

वीरगञ्ज । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA), वीरगञ्ज इकाईको आसन्न निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदका उम्मेदवार सौरभ वर्णवालले सुधार, सत्य र साहसको नारासहित चुनावी दौडधूप तिव्र बनाएका छन्।

संस्थामा विगतका वर्षहरूमा देखिएको अपारदर्शी कार्यशैली, आर्थिक बेथिति र जवाफदेहिता अभावप्रति गहिरो असन्तोष व्यक्त गर्दै वर्णवालले “नयाँ नेतृत्व, नयाँ सोच” को भावना बोकेर आफूलाई संस्थागत मर्यादा र सदस्यहितमा समर्पित उम्मेदवारका रूपमा प्रस्तुत गरेको बताएका छन् ।

Advertisement

उनको चुनावी अभियानमा उल्लेख गरिएको सन्देश अत्यन्तै प्रस्ट र प्रभावशाली छ— “जसले संस्थाको पैसा दुरुपयोग गर्‍यो, हिसाब दिन सकेन, फेरि पनि उसैलाई समर्थन गर्ने? अब त मौनता होइन, परिवर्तनको बेला हो।”

वर्णवालले भावुक स्वरमा मतदातासँग अपिल गर्दै भनेका छन्, “म सत्यको पक्षमा उभिन खोजिरहेको छु। म न त डराउनेछु, न त भाग्नेछु। अब हामी सबै मिलेर संस्था जोगाउनुपर्छ। मलाई एउटा मौका दिनुहोस्।”

वर्णवाल नेतृत्वको टिममा युवा, जोशिला र निष्पक्ष छवि बोकेका प्रतिनिधिहरूको समावेश छ। उनीहरूले पारदर्शी लेखा प्रणाली, उत्तरदायी कार्यशैली र सदस्यहरूको अधिकार अभिवृद्धिमा केन्द्रित कार्यक्रममार्फत संस्थालाई नयाँ दिशा दिने प्रतिबद्धता जनाएका छन्।

वर्णवाल पक्षधरहरूले “सत्य जित्छ, संस्था बाँच्छ” भन्ने नारालाई मुख्य मन्त्र बनाएका छन्। प्रचारक्रममा वीरगञ्ज इकाईका विभिन्न सदस्य, पूर्वपदाधिकारी, शुभचिन्तक र समर्थकहरूले वर्णवाल टिमप्रति विश्वास व्यक्त गर्दै भारी मतले विजयी गराउने अभियानलाई जनलहरमा रूपान्तरण गरिरहेका छन्।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *