Categories Uncategorized

अतिरिक्त कक्षा सञ्चालनका लागि वीरगञ्ज महानगरको सूचना

वीरगञ्ज । एसईई (SEE) २०८१ मा नियमित परीक्षा (Non-Graded) भइ ग्रेडवृद्धि परीक्षा दिन चाहने विद्यार्थीहरूको सुविधा तथा व्यवस्थापनका लागि वीरगञ्ज महानगरपालिकाले महत्वपूर्ण सूचना जारी गरेको छ।

महानगरपालिका कार्यपालिकाको कार्यालयबाट जारी सूचनामा अतिरिक्त कक्षा (कोचिङ कक्षा) सञ्चालन गर्नका लागि आवश्यक तयारी तथा व्यवस्थापन मिलाउन सबै विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूलाई जानकारी गराइएको छ।

Advertisement

सूचनामा भनिएको छ, “साथै सो अतिरिक्त कक्षा सञ्चालन सम्बन्धी विवरण शैक्षिक प्रशासन महाशाखामा एक हप्ताभित्र उपलब्ध गराइदिनुहुन समेत अनुरोध छ।”

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *