Categories समाचार

भीमफेदीको खोलामा डुबेर वीरगञ्जका एक पुरुषको गयो ज्यान

Advertisement

मकवानपुर । भीमफेदी गाउँपालिका–१ टौवासस्थित खोलामा शनिबार दिउँसो नुहाउने क्रममा एक पुरुषको ज्यान गएको छ। पर्साको वीरगञ्ज महानगरपालिका–५ निवासी अन्दाजी ४५ वर्षीय पुरुषोत्तम शर्माको डुबेर मृत्यु भएको हो।

शर्मा आफ्ना साथीहरूसँग इभी गाडी रिजर्भ गरी भीमफेदी टौवासमा पिकनिक मनाउन पुगेका थिए। पिकनिकपछि खोलामा नुहाउन गएका शर्मा पानीको बहाव अचानक बढेपछि खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए।

Advertisement

खोलाले बगाएर करिब ४०० मिटर तल फेला परेका शर्माको घटनास्थलमै ज्यान गएको प्रहरीले पुष्टि गरेको छ। बनभोजका लागि रमाइलो गर्न गएका उनीहरूका लागि यो दुःखद घटना बनेको छ।

Advertisement

घटनापछि प्रहरीले अनुसन्धान थालेको छ भने शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *